सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३, बनौलीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया प्रतिमा राई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिनुभयो ।

शुक्रबार बिहान ११ बजेको समयमा प्रतिमा तिनकुना खोला नजिक सिँचाईका लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेकी थिइन् । बालिकालाई उपचारका लागि मकवानपुरको बाग्मती गाउँपालिकास्थित सान्भी मेडिकल लगिएको बिहान ११ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।