हेटौंडाः जेसीआई बसामाडीले हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । जेसीआई बसामाडीका अध्यक्ष विवेक बजगाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री एवम् नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहालको प्रमुख आतिथ्य रहेको थियो ।
ओम वृद्धाश्रमलाई १५ हजार रुपैयाँ बराबरको चामल, नुन, तेल, पिठो, विस्कुटलगायतका खाद्यान्न सामग्री सहयोग गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रभात दाहाल, मूल कार्यक्रम संयोजक गौतम केसी, जेसीआई बसामाडीका पूर्वअध्यक्ष सुनिल दाहालले मन्तव्य व्यक्त गर्नुभएको थियो । सरोज गुप्ताको संयोजकत्वमा भएको कार्यक्रममा जेसीआई बसामाडीका पूर्वअध्यक्षहरु अनिल अग्रवाल, विष्णुहरि पण्डित, निवर्तमान अध्यक्ष सरोज अधिकारी एवम् पदाधिकारीको सहभागिता रहेको थियो । जेसीज सप्ताहको पहिलो दिन मास्क वितरण गरेको जेसीआई बसामाडीले दोस्रो दिन गोरक्षेश्वर धाममा खाद्यान्न सहयोग गरेको थियो ।