हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका २ जना ज्येष्ठ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पिसिआर टेस्ट गर्ने क्रममा आज प्राप्त रिपोर्टअनुसार हेटौंडा–१० का ७२ वर्षीय पुरुष र ६८ वर्षीया महिलामा कोरोना पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

संक्रमित ज्येष्ठ नागरिक दम्पत्ति हुन् । संक्रमण पुष्टि भएका दुबैजनालाई आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको इन्चार्ज चौलागाईले बताउनुभएको छ । संक्रमित मध्ये ७२ वर्षीय पुरुष बारा जिल्लाको जितपुरसम्म गएको भन्ने विवरण प्राप्त भएको आइसोलेसन वार्डका इन्चार्ज भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।