हेटौंडाः गाईजात्रा पर्व हेटौंडामा पनि मनाइएको छ । गएको वर्ष परिवारका सदस्य निधन भएको दुखलाई भुलाउन र निधन भएका व्यक्तिको स्वर्गवासको कामना गर्दै हेटौंडाका शोकाकुल परिवारले आज गाइजात्रा निकालेका छन् ।

दिवंगत व्यक्तिको तस्वीरसहित गाइजात्रामा सहभागी एक युवती ।

नेवा साँस्कृतिक पुचःको आयोजनामा तीस भन्दा बढी परिवारले एकसाथ गाइजात्रा निकालेका हुन् । हेटौंडा बजारमा रहेको कृष्ण मन्दिर परिसरबाट सुरु भएको गाइजात्रा हेटौंडा बजारक्षेत्र परिक्रमा गरेर हेटौंडाको भुटनदेवी मन्दिरसम्म पुगेको थियो । गाइजात्रामा सहभागी सबैले मास्क लगाएका थिए भने ह्याण्ड स्यानिटाइजर पनि प्रयोग गरिएको थियो ।

गाइजात्रामा सहभागीलाई हातमा स्यानिटाइजर लगाइदिँदै एक स्वयंसेवक ।

नेपाली समाजको मौलिक परम्पराको रुपमा रहेको गाइजात्रा पर्वमा सबैलाई साथमै सहभागी गराएर आपसमा दुख भुलाउने कार्य गरिएको नेवा सा“स्कृतिक पुचः मकवानपुरका अध्यक्ष विष्णुगोपाल महर्जनले बताउनुभएको छ । गाइजात्रा प्रदर्शनमा लाखे र नेवारी धिमे बाजा टोली पनि सहभागी थिए ।