सम्मान कार्यक्रमपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : मेयर कप फुटबल प्रतियोगिताको विजेता हेटौँडा–७ को टिमलाई नेकपा एमाले हेटौँडा–७ कमिटीले सम्मान गरेको छ ।

जेठ १५ गते सम्पन्न फाइनल खेलमा हेटौँडा–३ लाई २–१ गोलअन्तरले पराजित गर्दै पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । नेकपा एमाले ७ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षता तथा निवर्तमान वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यमा बुधबार सम्मान कार्यक्रम भएको हो । खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।