कान्तिलोकपथ बन्द रहने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचना ।

हेटौँडा ः हेटौँडा–ललितपुर कान्तिलोकपथ ४ दिन बन्द रहने भएको छ । ललितपुर र मकवानपुरको सीमानामा बागमती खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भएकोले बुधबारदेखि ४ दिनका लागि कान्तिलोकपथ बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै स्थानीय प्रशासनले बैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई सूचित गरेको छ ।