हेटौँडा : मोवाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको १४औं स्थापना दिवसको अवसरमा आइतबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । म्यान मकवानपुरका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्ष तथा बागमती प्रदेश अध्यक्ष एसिस रिजालको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।
हेटौँडाको बुद्धचोकमा भएको कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । जेठ २० गते स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको म्यान मकवानपुरले सोमबार भने हेटौँडा अस्पतालमा विरामीलाई फलफूल वितरणको कार्यक्रम गर्ने म्यान मकवानपुरका पूर्वअध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । स्थापना दिवसकै अवसरमा शनिबार म्यान मकवानपुरले हेटौँडा–१ स्थित पाथीभरा मन्दिर परिसरमा डस्टबिन वितरण गरेको थियो ।










