हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको संयोजकत्वमा आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । आइतबार ६ नम्बर वडाको ३५ जनालाई परिचयपत्र वितरण गरिएको हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा अन्तर्गत महिला तथा बालबालिका विकास शाखाकी प्रमुख विष्णु कुमारी लामिछानेले जानकारी दिनुभयो ।
वडा अध्यक्ष अर्जुन चौलागाई लगायत वडा सदस्यहरुको उपस्थितिमा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा २ जनाको भने पुनरावलोकनमा राखिएको छ । ६ नम्बर वडाका ४ जनालाई ‘क’ वर्गको रातो कार्ड, १९ जनालाई ‘ख’ वर्गको निलो कार्ड, ४ जनालाई ‘ग’ वर्गको पहेलो कार्ड र ६ जनालाई ‘घ’ वर्गको सेतो कार्ड प्रदान गरिएको महिला तथा बालबालिका विकास शाखाकी प्रमुख लामिछानेले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्षबाटै सुरु गरेको अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम यसअघि नै हेटौंडा २, ३, १० र १८ मा सम्पन्न भैसकेको छ । आइतबार वितरण गरिएको ३५ जनासहित २ सय ६४ जनालाई परिचयपत्र वितरण गरिएको छ ।