हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–३, साप्राङटोलमा हाते ट्याक्टरले किचेर सोमबार एक शिशुको मृत्यु भएको छ । ट्याक्टरले किचेर १६ महिने पेमा तामाङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घरकै पिँढीमा खेल्ने क्रममा हाते ट्याक्टर पल्टिएर किच्दा शिशु गम्भीर घाईते भएका थिए । घाइते शिशुलाई उपचारका लागि मण्डनदेउपुर नगर अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।