हेटौँडा : मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जालपादेवी माविको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा गाउँपालिकास्तरीय महिला तथा पुरुष शिक्षक भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएर शनिबार सम्पन्न भएको प्रतियोगिताको महिलातर्फ रूपनारायण माविले उपाधि जित्न सफल भयो भने पुरुषतर्फ भानु माविले उपाधि जितेको छ ।
महिलातर्फ भानु मावि द्वितीय हुँदा ज्वालादेवी आधारभूत विद्यालय सान्त्वना भएको छ । पुरुषतर्फ रूपनारायण मावि द्वितीय हुँदा बुद्धधर्म आधारभूत विद्यालय सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र सान्त्वना हुने टिमले क्रमशः १० हजार रुपैयाँ, ७ हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिन, वडा अध्यक्षहरू, गाउँपालिका शिक्षा शाखा प्रमुख रामबहादुर घलान, शिक्षा फोकल पर्सन कमल फुयाल, गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङतान लगायत मावि र आधारभूत विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
