Home अर्थ/व्यापार हातेमालो सहकारीको १९औं स्थापना दिवस मनाइयो

हातेमालो सहकारीको १९औं स्थापना दिवस मनाइयो

सहकारीबाट सम्मानित व्यक्तित्वहरु ।

हेटौँडा : हेटौंडा–२, संगमचोकस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लमिटिेडले शनबिार एक समारोहका बीच १९औं स्थापना दिवस मनाएको छ । कार्यक्रम संस्थाका अध्यक्ष हरप्रिसाद पौडेलको सभाध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री सिलवालले सहकारी संस्थाहरूले अब उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामाथि विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रमा हाल देखिन थालेका विविध सहकारी सम्बन्धी समस्याहरूको सन्दर्भमा सदस्य लक्षित कार्ययोजना र पारदर्शी प्रशासनमार्फत संस्थाहरूले जनविश्वास जित्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सदस्यहरूलाई वनसँग जोडिएर उत्पादनमूलक क्षेत्रमा सक्रिय हुन आग्रहसमेत गर्नुभयो ।

बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले राजधानी केन्द्रित सहकारीहरूमा देखिएका समस्याको असर मकवानपुरमा पनि पर्न थालेको गहिरो चिन्ता व्यक्त गर्नु भयो । उहाँले पछिल्लो समयमा सदस्यहरूको बचत कार्यक्रमप्रतिको सहभागिता घट्दै गइरहेको अवस्था देखिएको उल्लेख गर्नुहुँदै सहकारीहरूले आफ्नो कार्यप्रणालीमा सुधार ल्याउँदै सदस्यहरूको भरोसा बढाउने कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारी संस्थामाथि सरकारबाट निरन्तर दवाव सिर्जना हुने किसिमका नीतिगत व्यवस्था ल्याइनु दुःखद् भएको बताउनुहुँदै सरकारले जनतामाथि निर्वाह गर्नुपर्ने जिम्मेवारी सहकारीहरूले पूरा गरिरहे पनि प्रशंसाको सट्टा अविश्वासपूर्ण व्यवहार गरिरहेकोमा असन्तुष्टि प्रकट गर्नुभयो । उहाँले सहकारीमार्फत सरल रूपमा ऋण सुविधा प्राप्त गर्न सकिने भएकाले सदस्यहरूलाई सहकारीमै निर्भर रहन आग्रह समेत गर्नुभयो ।

स्थापना दिवसको अवसरमा सहकारीले पत्रकार श्रीराम अर्जुन, योग प्रशिक्षक रामकृष्ण थापा र वडाध्यक्ष रामकृष्ण कोइरालालाई सम्मान गरेको छ । सहकारीले उद्यमशीलता, ईन्जनियरिङ, कला र सूचना प्रविधिजस्ता क्षेत्रका उत्कृष्ट १० सदस्यहरूलाई पनि सम्मान गरेको छ । सहकारीले २० जना असल बचतकर्ता र २० जना असल ऋणीलाई प्रमाणपत्रसहित सम्मान गरेको छ । सहकारीले बालबचत क्षेत्रका ५ उत्कृष्ट बचतकर्ताहरूलाई समेत पुरस्कृत गरेको छ ।

Exit mobile version