हेटौंडाः मकवानपुर जिल्लाकै धार्मिक पर्यटकीयस्थल हेटौंडा–११ स्थित पूण्यक्षेत्रमा सिमेन्टको कुर्सी सहयोग गर्ने युवालाई सम्मान गरिएको छ । मानवधर्म सेवा समितिले उनीहरुलाई सम्मान गरेको हो । हेटौंडा–११, नवलपुरका तीर्थ रोक्काको नेतृत्वमा युवाको समूहले ५ वटा सिमेन्टको कुर्सी सहयोग गरेका थिए ।

मानव धर्म सेवा समितिले व्यवस्थापन गर्दै आएको पूण्यक्षेत्र परिसरमा ११ नम्बर वडाले इन्टरलक लगाएको छ । देशकै प्रमुख पार्क मध्येको एक सहिद स्मारकदेखि उत्तरतर्फ पर्ने पूण्यक्षेत्रसम्मको सडक राम्रो नभएका कारण पर्यटकलाई त्यसतर्फ जान समस्या छ । ११ नम्बर वडा सदस्य रामचन्द्र न्यौपानेका अनुसार उक्त बाटो निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गरिएको छ ।