डाइभर्सन मर्मतपछि सुचारु भएको कान्तिलोकपथको बागमती पुलमा एक मोटरसाइकल ।

हेटौँडा : आइतबार रातीको वर्षाले अवरुद्ध भएको हेटौँडा–ललितपुर कान्तिलोकपथ सोमबार बिहानबाट सुचारु भएको छ । मकवानपुर र ललितपुरको सिमाना बागमती पुलको डाइभर्सन मर्मत गरेर सोमबार बिहान ७ बजेर ४५ मिनेटको समयमा कान्तिलोकपथ एकतर्फी सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।