हेटौँडा : हेटौँडा–८, मास्टर चोकमा सुमोको ठक्करबाट घाइते भएका पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । गत शनिबार पूर्व–पश्चिम सडक खण्डमा काठमाडौँबाट विरगन्जतर्फ जाँदै गरेको ना १ ज ६९६४ नम्बरको सुमोले ठक्कर दिँदा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–२१ बस्ने ६० वर्षीय जयबहादुर मोक्तानको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सुमोको ठक्करबाट घाइते भएका जय बहादुरलाई हेटौँडा अस्पताल सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर हुँदै काठमाडौंस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रमम जय बहादुरको शुक्रबार दिउँसो १ बजेर २५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुमो चालक पर्सा जिल्लाको बहादुर माई नगरपालिका–९ बस्ने २४ वर्षीय सन्तु राउत कुर्मीलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा राखिएको छ ।