हेटौँडा : अविरल वर्षा संगै आएको हुरी बतासले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ नम्बर वडामा रहेको तेन्सुराङ प्रावि र ५ नम्बर वडामा रहेको बिमला बलको घरको छानो उडाएको छ ।
राक्सिराङ गाउँपालिकाको–९, तेन्सुराङममा हावा हुरीले विद्यालयको छानो उडाएको छ । शुक्रबार साँझ ६ बजे अविरल वर्षासहित आएको हावा हुरीले तेन्सुराङ प्राथमिक विद्यालयको छानो उडाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । हावा हुरी बतासले विद्यालयको दुई कोठा भवनको जस्ताले छाएको छानो काठको भाटासहित उडाई छाने उडाएको थियो ।
यस्तै राक्सिराङ गाउँपालिका–५ चैनपुर हरीले स्थानिय बिमला बलको घरको छानो उडाएको छ । अविरल वर्षासहित आएको हावाहुरीले सोही स्थान बस्ने बिमला बलको काठ र सिमेन्टको ब्लकले बनेको एकतले पक्की घरको जस्ता पाताको छानो उडाएको प्रहरीले जानकारी दिएको छ । छानो उडाउँदा ३० हजार बराबरको क्षती भएको थियो भने मानविय क्षती नभएको प्रहरीले जानकारी दिएको छ ।










