हेटौँडा : हेटौंडाबाट नयाँपन दैनिक पत्रिकाले प्रकाशन थालेको छ । बुधबारबाट कम्युनिकेशन इन्डष्ट्रीले नयाँपन दैनिक पत्रिकाको प्रकाशन थालेको हो । सम्पादक दिपेन्द्र रोक्काको नेतृत्वमा पत्रिका प्रकाशन भएको हो ।
६० को दशकमा पाक्षिकको रुपमा प्रकाशन थालेको सो पत्रिकालाई प्रदेशस्तरीय बनाउने गरी दैनिकरुपमा प्रकाशन गरिएको प्रकाशकको दावी छ । स्थानीय तह, प्रदेश सरकार, सुरक्षा, प्रशासन क्षेत्रमा रहेका विकृति विसंगति र लुकेर रहेका सामाजिक आर्थिक तथा राजनीतिक लगायतका विषयलाई मुद्दा बनाउने गरी पत्रिकाले प्रकाशन थालेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ४८ नम्बरमा दर्ता रहेको सो पत्रिका तत्कालिन समयमा पाक्षिकका रुपमा धुव्र अधिकारीले प्रकाशन गर्दै आएका थिए । नयाँपनसहित मकवानपुर जिल्लामा दैनिक पत्रिकाको संख्या ६ पुगेको छ । यसअघि समृद्ध समाज, हेटौँडा सन्देश, साझा कुरा, प्रदेश र थाहा सन्देश दैनिक प्रकाशन भइरहेको छ ।











