हेटौँडा : हेटौँडा–११, सहीद स्मारकमा अरिंगालले चिलेर एकजना गम्भीर घाइते भएका छन् । मंगलबार दिउँसो कुलपुजाका लागि सहीद स्मारक नजिकैको जंगलमा आगो बाल्ने क्रममा अरिंगालले चिलेर हेटौँडा–११ की ७८ वर्षीया रनुमाया गुरुङको अवस्था गम्भीर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । गुरुङको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
अरिंगालले चिलेर अन्य ७ जना सामान्य घाइते भएका र हेटौँडा अस्पतालमा सामान्य उपचारपछि मंगलबार साँझ नै डिस्चार्ज भएको प्रहरीले जनाएको छ । अरिंगालले चिलेर २२ वर्षीया शर्मिला गुरुङ, ६१ वर्षीय क्षेत्र बहादुर गुरुङ, ३४ वर्षीया अमिला गुरुङ, ३७ वर्षीया कविता गुरुङ, ६५ वर्षीया कृष्णमाया गुरुङ, ६४ वर्षीया सुन्तलीमाया गुरुङ, १९ वर्षीय सन्जोग गुरुङ सामान्य घाइते भएका थिए । उनीहरुको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।










