हेटौँडा: मकवानपुर जिल्ला टेबल टेनिस संघको आयोजनामा जिल्लास्तरीय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । जेष्ठ ८, ९ र १० गते हुने प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहबाट खेलाडी सहभागी हुनेछन् । मकवानपुर जिल्लाको प्रत्येक स्थानीय तहबाट उत्कृष्ट ४ जना खेलाडी पठाउन अनुरोध गरिएको आयोजकको भनाइ छ ।
