Home मुख्य समाचार “रोग प्रतिरक्षा शक्ति बढाउने उत्तम उपायः उपवास ।”

“रोग प्रतिरक्षा शक्ति बढाउने उत्तम उपायः उपवास ।”

आचार्य ॐकारेश्वरानन्द अवधुत

प्रतिरक्षा प्रणालीः हाम्रो शरीरको रोगको प्रतिकार गर्ने क्षमतालाई प्रतिरोधक शक्ति भनिन्छ । इम्युन सिस्टम बलियो भएको अवस्थामा कुनै पनि बाहिरी वा भित्री रोग कारक तत्व वा जीवाणु तपाइको शरीरमा घर गरेर रोग उत्पन्न गर्न सक्दैन । रगतमा रहेका सेतो रक्तकण कोषहरु (डव्लुबिसि) लसिका रस (लिम्फ) र लसिका ग्रन्थिहरु लिम्फि इल्याण्डहरु रोग बिरुद्ध लड्ने तत्वहरु छन् । ती सेल्सहरुले हाम्रा प्रहरीहरु छन् । व्याक्टेरिया, परजीवी प्यारासाइट वा भाइरसहरुलाई शरीरमा बढेर बलियो बनेर रोग लाग्न दिँदैनन् ।

रोगका जीवाणुलाई मार्ने उपायः आधुनिक चिकित्सा विज्ञान वा एलोप्याथीको सिद्धान्त हो । रोग जिवाणु (प्याथोजिन) लाई खोज्ने र त्यसलाई मार्ने नै एकमात्र उपाय हो । रोग निको गर्नका लागि अथवा रोगप्रतिरोध शक्ति बढाउन खोप (भ्याक्सिन) को आविष्कार गर्ने विदेशी स्वास्थ्य विज्ञानको आधार नै हिस्सा हो । तर मनुष्यको औषधि खोज्ने वा खोप तयार भन्दा प्रकृतिको रोग जीवाणुहरुको आफ्नो शक्ति बढाउने गति बढी छ । मान्छेले प्रकृतिलाई जित्न सक्दैन । पुरानो भाइरसलाई मार्ने भ्याक्सिन वा दवाइ खोज्दा खोज्दै त्यस भाइरसले नयाँ अवतार लिएर अझै बढि क्षमता लिएर आक्रमण गर्दछ । त्यसैले पुरानो दवाइहरु नया“ रोगहरु चल्दैन । मनुष्य असहाय छ ।

प्राकृतिक निदानः अतः बाहिरी उपायहरु (रोगका जीवाणुलाई मार्ने) छाडेर रोगप्रतिरोध क्षमता वा प्रतिरक्षा प्रणाली बढाउने र कार्यरत गर्नु नै असल उपचार हो । यसमा हाम्रो पारस्परिक स्वास्थ्य विज्ञान आयुर्वेद वा हजुरआमाको सामान्य ज्ञान र संस्कृतिमा आधारित आचरणका नीति नियमहरुले हाम्रो सहि मार्गदर्शन गर्नेछ । प्रथम सो हाम्रो प्रतिरक्षा कहा“सम्म बलियो छ । त्यो जान्नु पर्दछ र त्यसअनुसार प्राकृतिक उपाय अपनाउनु पर्दछ ।

तपाईको प्रतिरक्षा कति बलियो छ ? आफ्नो इम्युनिटी कति सक्षम छ ? यो जान्नका लागि आफुलाई यी प्रश्नहरु सोध्नुहोस् र त्यसअनुसार अगाडि बढ्नुहोसः

१) तपाईको पेट दैनिक कम्तिमा एकपटक बिहानै सफा हुन्छ ।
२) तपाईको तौल सामान्य उमेर र उचाइ अनुसार हुनुपर्छ ।
३) तपाईलाई अल्छिपनले सताउदैन ।
४) तपाईको भोकको अवस्था प्राकृतिक रुपले तीव्र छ ?
५) रात्रीमा तपाइलाई निन्द्रा गहिरो र कम समयको छ ?
६) तपाईको शरीरमा कहि सहन नसक्ने गरी दुखाई छ ?
७) तपाई सधै प्रसन्नता र सकारात्मक महसुस गर्नुहुन्छ ?

आहार नियन्त्रण वा उपवास चिकित्साः स्वास्थ्यका चारवटा स्तम्भहरु आहार, बिश्राम व्यायाम र ब्रह्मचार्य (उच्च चिन्तन) मा आहार नियन्त्रणको बारेमा चर्चा गरौं । जापानको डाक्टर वैज्ञानिक योशीनुरी ओहशुमीले ‘अटोफेगी’ मा नोवेल प्राइज पाउनु भयो । उपवासको समय हाम्रो शरीरले रोगका जीवाणु मरेको र फोहोर द्रव्यलाई खाएर रोगप्रतिरक्षा शक्ति बढाएर रोगलाई निको पार्दछ । मान्छे उपवासले मर्दैन, रोग मर्छ । यस पवित्र साउन महिनामा व्रत उपवास गर्दछन् । तर विधि अनुसार वैज्ञानिक उपवास गर्न कमैले जान्दछ ।

त्यसैले लाभको सट्टा हानी नै भएको देखिन्छ । के हो वैज्ञानिक उपवास ? भनाइ छ उपवास गर्नु मुर्खलाई पनि थाहा हुन्छ । तर उपवास तोड्नु मात्र ज्ञानीले जान्दछ । भन्नाले उपवास गरेपछि एकदमै सामान्य र भारी भोजन गर्नु हानिकारक छ । उपवास बस्नुको पहिला दिनको आहार पनि सोचेर गर्नुपर्दछ । त्यसैले सबभन्दा ज्ञानीलाई मात्र थाहा हुन्छ उपवास कसरी आरम्भ गर्ने ? भोलि उपवास छ भनेर आज दिनभरी वा रात्री भोजनमा भारी अन्न पदार्थ र गरिष्ठ खाना ठसेर टम्मपेट भरेपछि उपवासको दिन गाह्रो हुन्छ । त्यसैले सयम र विचारपूर्वक उपवासको पुर्वयोजना गर्नुपर्दछ ।

Exit mobile version