हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, बेलचोकमा रहेको मानवसेवा आश्रममा आश्रित २ जनाको मृत्यु भएको छ । आइतबार छुट्टाछुट्टै समयमा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ६० वर्षीया जुना गुरुङ र ६२ वर्षीय पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । जुनाको आइतबार बिहान ७ बजेर ५० मिनेटको समयमा आश्रममा नै मृत्यु भएको थियो । यस्तै नाम थर नखुलेको अन्दाजी ६२ वर्षीय पुरुषको आइतबार दिउँसो १ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
