हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७\०७८ मा गाउँपालिकाको १० वटै वडाहरुमा सिञ्चाईको योजनाका लागि बजेट विनियोजन गरेको छ । कृषि क्षेत्र विकासका लागि सिञ्चाईका योजनाहरुलाई प्रथामिकता दिइएको गाउँपालिकाका अध्यक्ष टंक बहादुर मुक्तानले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको वडा नम्बर १ मा चालु आर्थिक वर्षमा ५ वटा सिञ्चाईका योजनाहरु सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष मुक्तानले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर १ को साना खोला सिञ्चाईका लागि १ लाख, मूलखोला सिञ्चाईका लागि २ लाख, इन्द्रेणी डुमटार सिञ्चाई १ लाख ५० हजार, चामाखर्क सिञ्चाईका लागि १ लाख र फुलढङगा सिञ्चाई योजनाका लागि २ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा नम्बर २ मा सिञ्चाईका ३ वटा योजनाहरु यो वर्ष सञ्चालन गरिने भएको छ । २ नम्बरमा सिञ्चाईका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जानकारी दिएको छ । वडाको माथिल्लो दोभानखोला हर्कुडाँडा छ्यादुङ खोला सिञ्चाईका लागि ४ लाख, घैयाम्रान्ङ, छापटोल, बाराटोल सिंचाई योजनाका लागि २ लाख र चेपाङ खोला भुन्टेडाँडा पाइप सिञ्चाईका लागि १ लाख ५० हजार विनियोजन भएको छ ।

कैलाश गाउँपालिकाको वडा नम्बर ३ मा सिञ्चाईका ३ वटा योजनाका लागि बजेट विनियोजन गरेको छ । वडाको महावीर सिञ्चाईका लागि ५ लाख, देविना सिञ्चाईका लागि १ लाख र खिक्री सिञ्चाईका लागि २ लाख विनियोजन भएको छ । त्यस्तै ४ नम्बर वडामा सिञ्चाईको ४ वटा योजनाहरु रहेका छन् । च्याखेटार, ग्याङराङ टकुवा, बैठकडाँडा स्यामाराङ र लोखर्के खोला सिञ्चाई योजना यो वर्ष सञ्चालन हुने भएका छन् । यि चारवटै योजनाका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडा नम्बर ५ मा पनि यो वर्ष सिञ्चाइको ४ वटा योजनाहरु सञ्चालन हुने भएका छन् । वडा नम्बर ५ का लागि गाउँपालिकाले ९ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै ६ नम्बर वडामा चालु आर्थिक वर्षमा ४ वटा सिञ्चाईका योजनाका लागि गाउँपालिकाले ७ लाख बजेट विनियोजन गरेको छ ।गाउँपालिकाले वडा नम्बर ७ मा चालु आर्थिक वर्षमा पोतराड्ड सिञ्चाईका लागि ५ लाख र फास्टार सिञ्चाईका लागि १ लाख विनियोजन गरेको छ । वडा नम्बर ८ को बस्छेखोला सिञ्चाईका लागि २ लाख र दुबलङु सिञ्चाईका लागि ५ लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाको वडा नम्बर ९ मा भने चालु आर्थिक वर्षमा सिञ्चाईका ५ वटा योजनाहरुका लागि बजेट विनियोजन भएको छ । वडाको टिमुरे सिंचाई, सागिने सिञ्चाई, गर्दुवाधाप सिञ्चाई, माथिल्लो बरेटार सिञ्चाई र तल्लो खैरेनी सिञ्चाई कार्यक्रमका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १० मा भने भालटार सिञ्चाई, दुबुखोला खोलेखेत सिञ्चाई मर्मत र दुबुखोला बलमटार सिञ्चाई योजना गरी ३ वटा सिञ्चाईको कार्यक्रम राखेको छ । ३ कार्यक्रमका लागि गाउँपालिकाले ७ लाख बजेट विनियोजन गरेको छ । कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम गएको असार १० गते सभामा पेश गरेर असार १५ गते गाउँसभाको बैठकबाट ४३ करोड ७२ लाखको बजेट पारित गरेको थियो ।