तुल्सी थापाका छोरा र नातिनीले उपलब्ध गराउनुभएको सहयोग रकम बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाललाई हस्तान्तरण गर्नुहुँदै तुल्सी थापाकी बहिनी बेली थापा ।

हेटौँडा : बुढ्यौली साहित्य समाजले स्थापना गरेको अक्षयकोषमा समीर थापाले एक लाख रुपैयाँ र इशारा भुजेलले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बुढ्यौली साहित्य समाजले शनिबार हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा साहित्यकार स्व. तुल्सी थापाका छोरा समीर र नातिनी इशाराले अक्षयकोषमा सहयोग गर्नुभएको हो ।

बुढ्यौली साहित्य समाजले स्व. तुल्सी थापाको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । शनिबार १ लाख २५ हजार रुपैयाँ प्राप्त भएसँगै कोषमा १८ लाख ७५ हजार रुपैयाँ जम्मा भएको बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले जानकारी दिनुभयो । बुढ्यौली साहित्य समाजले स्व. तुल्सी थापाका अप्रकाशित रचना प्रकाशन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।