Home मुख्य समाचार ट्रकको ठक्करबाट मनहरीमा पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट मनहरीमा पैदलयात्रीको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-८, सिम्पानीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार बिहान ५:१५ बजेको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७७१२ नम्बरको लोड ट्रकले बाटो पार गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मकवानपुरको राक्सिराङ गाउँपालिका-९ घर भई हाल मनहरी गाउँपालिका-८ बस्ने ७० वर्षीय गंगाबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले ठक्कर दिने ट्रक र ट्रक चालक सर्लाही जिल्लाको हरिवन नगरपालिका-११ का ४० वर्षीय प्रमोद महत्तो प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

Exit mobile version