एफसी कमलडाँडालाई जर्सी हस्तान्तरण गरिँदै ।

हेटौँडा : एफसी कमलडाँडा भेट्रान्सलाई जर्सी सहयोग प्राप्त भएको छ । मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा ४ का सभापति तथा युवा व्यवसायी रामहरी प्रसाईले जर्सी सेट सहयोग गर्नुभएको खेलाडी कृष्ण गुरुङले जानकारी दिनुभयो ।

आउँदो शनिबारदेखि बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिकामा हुन लागेको प्रथम पथलैया भेट्रान्स फुटबल प्रतियोगितामा सहभागी हुने भेट्रान्स टिमलाई प्रसाईले १२ थान जर्सी सहयोग भएको गुरुङले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा कमलडाँडा एफसीले २० गते सिटी भेट्रान्स वीरगन्जसँग प्रतिस्पर्धा गर्नेछ । २० गतेबाट सुरु हुने प्रतियोगिता जेठ ३ गतेसम्म चल्नेछ ।