हेटौँडा ः मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोरमा छोराले हानेको बन्दुकले लागेर ५९ वर्षीय कान्छाराम थिङ घाइते भएका छन् । बुधबार बिहान ८ बजेको समयमा घरमै ३५ वर्षीय छोरा ईमान सिंह थिङले भरुवा बन्दुक प्रहार गर्दा कान्छाराम घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बन्दुकले लागेर कान्छारामको बाँया तिख्रा र दाहिने हातमा छर्राले चोट लागेको छ । कान्छारामको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले बुधबार नै एकनाले भरुवा बन्दुकसहित ईमान सिंहलाई पक्राउ गरेको छ । भरुवा बन्दुकको लाइसेन्स नभएको प्रहरीको भनाइ छ । कुखुरा आफ्नो आँगनतर्फ आएको भन्ने विषयमा बाबु–छोराको विवाद भएको भन्ने बुझिएको प्रहरीले जानकारी दिएको छ ।