सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका-३, देउजोरस्थित सूर्य किरण सामुदायिक वनमा रुखले च्यापेर एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा इलाम जिल्लाको इलाम नगरपालिका ९ का ४६ वर्षीय दिल कुमार लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार साँझ ५ बजेको समयमा सामुदायिक वनमा ठेक्काको रुख काट्ने क्रममा दिलकुमारको रुखले च्यापेर घटनास्थलमा नै मृत्यु भएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।