हेटौँडामा परेको चट्याङ । तस्वीर : राजन कटुवाल/फाइल तस्वीर ।

हेटौँडा : आइतबार साँझ ७ बजेको समयमा चट्याङ लागेर मकवानपुरको कैलाश गाउँपालिका–२, सानोडाँडाकी ५० वर्षीया कालिमाया स्याङ्तान घाइते हुनुभएको छ । घरमै बसिरहेका बेला चट्याङ लागेर कालिमाया सामान्य घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घाइते कालिमायालाई सोमबार हेटौँडा अस्पताल ल्याएर उपचार गरिएको छ । शरीरमा बाहिरी चोट नदेखिएको प्रहरीको भनाइ छ । वर्षा मौसम सुरु हुन लाग्दै गर्दा हावाहुरीसँगै चट्याङका कारण दुर्घटना हुने गरेको छ ।