हेटौँडा : नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले विपद् जोखिम न्यूनीकरणमा पालिकाका इन्जिनियरको सक्षमता विषयक कार्यशालाको आयोजना गरेको छ । २०७२ सालको महाभूकम्पको वार्षिकीको सन्दर्भमा शनिबार हेटौँडामा भएको कार्यशाला आयोजना गरिएको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिका सभापति बलराम पुडासैनीको अध्यक्षता तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेको प्रमुख आतिथ्यमा कार्यशाला भएको हो । कार्यशालामा नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बराल, पुलचोक इन्जिनियरिङ क्याम्पसका सह–प्राध्यापक डा. अजयचन्द्र लालको पनि आतिथ्य रहेको थियो । सह–प्राध्यापक लालले कार्यशालामा प्रमुख वक्ताको रुपमा पनि सहभागी हुनुभएको थियो । इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिका सहसचिव दीपक भट्टको संयोजनमा कार्यशाला सम्पन्न भएको हो ।