सांकेतिक तस्वीर ।

हेटौँडा : नुवाकोट जिल्लाको बिदुर नगरपालिका–९, बिजुरामा त्रिशुली नदीमा डुबेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । शुक्रबार साँझ ५ बजे ३० मिनेटको समयमा किस्पाङ गाउँपालिका–१ का २२ वर्षीय विजय विक माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

विजय शनिबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको प्रहरीले जानकारी दिएको छ ।