हेटौंडा : नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरको साधारण सभा सम्पन्न भएको छ । बुधबार १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संघका अध्यक्ष चिरनकुमार घिमिरेको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन समारोह भएको थियो । संघले विभिन्न समयमा बजार सरसफाई, कृषिजन्य वस्तु उत्पादनमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । साधारण सभाको अवसरमा ज्येष्ठ व्यापारीलाई सम्मान गरिएको संघका सचिव नवराज शर्मा पौडेलले जानकारी दिनुभयो । व्यवसायीहरूले स्वच्छ तरकारी उत्पादनमा कृषकहरूलाई अभिवृद्धि गरी विषादीरहित तरकारी तथा फलफुल उत्पादनमा जोड दिनुपर्ने संघका अध्यक्ष हुमागाईले बताउनुभयो । साथै उहाँले व्यवसायीले व्यवसाय, उपभोक्ता र कृषकहरूको हकहितमा काम गर्नुपर्ने बताउनुभयो । साधारण सभामा संघका सचिव नमराज शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।