हेटौँडा : हेटौँडा साईकल सिटीले आयोजना गरेको हेटांँडा–सौराहा साईकलयात्रा शुक्रबार बिहान सुरु भएको छ । हेटौंडा–१०, बुद्धचोकबाट शुक्रबार बिहान ८ बजे यात्रा सुरु भएको हो । हेटौँडा नगर परिक्रमा गरेर सौराहातर्फ यात्रा सुरु गरेको छ ।
यात्रामा १४ वर्ष भन्दा बढी उमेर समूहका साइकलयात्रीको सहभागिता रहेको छ । आयोजकले ५ सय साइकलयात्रीको सहभागिता रहने अपेक्षा गरेकोमा ५ सय ६१ जना साइकलयात्रीको सहभागिता रहेको जनाएको छ । सौराहा भ्रमण गरी शनिबार कार्यक्रमको समापन हुनेछ । कार्यक्रमको उद्घाटन हेटौँडा साईकल सिटीका अध्यक्ष लेखनाथ ढकालको सभाध्यक्ष तथा बागमती प्रदेशको कृषि तथा पर्यटन मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री ठकुरीले साईकल स्वस्थ्यका लागि अति उपायोगी साधन भएको र यसको प्रवर्धन र विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
हेटौँडा–सौराहा साईकलयात्रा कार्यक्रमका लागि बागमती प्रदेश सरकारका साथै स्थानीय सरकारहरुको पनि सहयोग रहेको छ । हेटौँडा–सौराहा साइकलयात्रमा २४ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।