हेटौँडा: एक वर्षको अवधिमा नेपालमा ३ जना पत्रकारको हत्या भएको छ । २०८१ बेशाख १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा मधेस प्रदेशमा २ र बागमती प्रदेशमा एक जना पत्रकारको हत्या भएको हो ।
प्रेस काउन्सिल नेपालले जारी गरेको विज्ञप्ती अनुसार मृत्यु भएका पत्रकार सबै पुरुष रहेका छन् । काउन्सिलका अनुसार उक्त अवधिमा नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् । काउन्सिलले गरेको अनुगमनमा धम्की, दुव्र्यवहारका घटना सबैभन्दा बढी भएको छ । सो अवधिमा धम्की दुव्र्यवहारका २३ घटना भएका छन् । उक्त अवधिमा कुटपिट, आक्रमणका १८, पेसागत असुरक्षा ११, हत्या प्रयास गिरफ्तारी ४ र कब्जा, अवरोधका ४ घटना भएका छन् । पेशागत असुरक्षाका कारण सो वर्षमा एक पत्रकार विस्थापित भएका छन्
प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा २६ घटना भएको काउन्सिलले जनाएको छ भने मधेस प्रदेशमा १९, कोशीमा १०, सुदूरपश्चिममा ६, कर्णाली र गण्डकीमा २/२ घटना भएका छन् । लुम्बिनी प्रदेशमा भने प्रेस स्वतन्त्रता हननका घटना नदेखिएको काउन्सिलले जानएको छ । प्रेस स्वतन्त्रता हननका घटनाबाट एक वर्षको अवधिका घटनामा ६९ पुरुष र ८ जना महिला पीडित भएका छन् ।