हेटौँडा : हेटौँडा–१० स्थित एक रेष्टुरेन्टमा युवाबीच बुधबार साँझ झगडा भएको छ । साँझ ८ बजेर १५ मिनेटको समयमा हेटौँडा–१० स्थित जिरो किलोमिटर रेष्टुरेन्टमा झगडा हुँदा हेटौँडा–२, सिद्धार्थपथका २७ वर्षीय उर्गेन लामाले हेटौँडा–२, संगमचोकका २८ वर्षीय जेन खड्कीलाई कैँचीले पेटमा हानेको प्रहरीले जनाएको छ ।
घाइते खड्कीलाई हेटौँडा अस्पतालमा उपचार पश्चात थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । कैची प्रहार गर्ने उर्गेन लामा फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । पुरानो रिसईबीका कारण झगडा भएको प्रहरीले जनाएको छ ।