हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४, ठूलोथलीस्थित बाघभैरब आधारभूत विद्यालय (आवि) को प्र्र्र्रधानाध्यापकमा सरिता माझी नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको गत चैत २२ गते बसेको बैठकको निर्णय अनुसार सरितालाई आइतबार प्रधानाध्यापकमा नियुक्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल बोम्जनले जानकारी दिनुभयो ।
यसअघि विद्यालयको प्रधानध्यापकमा सुवास स्याङ्बो रहनुभएको थियो । उहाँले आफ्नो कार्यव्यस्तताका कारण राजीनामा दिनुभएको बोम्जनले जानकारी दिनुभयो । सरिता विद्यालयमा २०७७ सालदेखि राहत कोटामा आवद्ध हुनुहुन्छ । गत वर्ष विद्यालयमा २२५ जना विद्यार्थी भर्ना भएका थिए । आधारभूत तह कक्षा ८ को परीक्षामा ९ जना सहभागी भएका थिए भने ४ जना मात्रै उत्तीर्ण भएको अध्यक्ष बोम्जनले जानकारी दिनुभयो । आइतबारदेखि पठनपाठन गर्ने भनिए पनि शिक्षक आन्दोलनका कारण पठनपाठन प्रभावित भएको उहाँको भनाइ छ । विद्यालयले आगामी दिनमा शिक्षामा सुधार गर्दै जाने उहाँको भनाई छ ।