प्रहरीले मोटरसाइकलधनीलाई मोटरसाइकल फिर्ता दिँदै ।

हेटौँडा : प्रहरीले हराएको एउटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

शुक्रबार काठमाडौको कीर्तिपुर नगरपालिका–१ बाट हराएको बा प्र ०२–०५५ प ७६२९ नम्बरको मोटरसाइकल फेला पारी धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–४ मा फेला पारि मोटरसाइकलधनी नुवाकोट जिल्लाको नुवाकोट बेलगढी नगरपालिका–६ घर भई हाल जिल्ला काठमाडौ बस्ने २२ वर्षीय मदन भट्टलाई बुझाएकोे हो ।