हेटौँडा : हेटौँडा–११, नवलपुरस्थित सडक क्षेत्र पिउने पानी समितिको अध्यक्षमा पुनः ध्रुब पराजुली निर्वाचित हुनुभएको छ । शनिबार भएको १५औं वार्षिक साधारणसभाबाट पराजुलीको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा दिपेन्द्र कुमार उप्रेती, सचिवमा दिवस पराजुली, कोषाध्यक्षमा राजेश श्रेष्ठ, सहसचिवमा सुदीप श्रेष्ठ चयन हुनुभएको छ । सदस्यमा लक्ष्मी पौडेल, तुलसीराम मिश्र, सतिकला बिश्वकर्मा र राममणि उप्रेती चयन हुन भएको छ । साधारणसभामा कोषाध्यक्ष राजेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समितिका अध्यक्ष पराजुलीको अध्यक्षता तथा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष गोकर्ण पराजुली, दुई वस्ती खानेपानी उपभोक्ता समूहका अध्यक्ष देवकुमार श्रेष्ठको पनि आतिथ्य रहेको थियो । सडक क्षेत्र पिउने पानी समितिमा ४६५ उपभोक्ता घरधुरी छन् ।