सांकेतिक तस्वीर ।

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–२, यङग्राङ पानीघाट डाँडा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय देवल सिंह बल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शनिबार बिहान ८ बजेर २० मिनेटको समयमा देवल सिंह भीरबाट लडेर घटनास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।