हेटौँडा : लायन्स क्लब अफ हेटौँडा स्मारक र नेपाल स्वयम्सेवी रक्तदाता समाज हेटौँडाको संयुक्त आयोजनामा शनिबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालको तेस्रो महाधिवेशनको अवसरमा आयोजना गरिएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको छ । शुक्रबार पनि हेटौँडामा रक्तदान कार्यक्रम भएको थियो । शुक्रबार २ स्थानमा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । शुक्रबार हेटौँडा–१८, हर्नामाडी र हेटौँडा–४, पारिजातपथमा रक्तदान कार्यक्रम भएको थियो ।