हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–२५, छाताचोकमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गत चैत २९ गते दिउँसो १ बजेको समयमा बुद्धनगरबाट अमृतचोकतर्फ आउँदै गरेको ना ५१ प २०४० नम्बरको मोटरसाइकल र देविथानबाट मेन बाटोमा निस्किँदै गरेको बा प्र ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल छाताचोकमा एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी बा प्र ०६–००२प १३०४ १३०४ नम्बरको मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा ना ५१ प २०४० नम्बरका चालक भरतपुर महानगरपालिका–२७ का ३९ वर्षीय टेक बहादुर पुलामी मगरको सोही दिन मृत्यु भएको थियो । बा प्र ०६–००२ प १३०४ नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२० का ३५ वर्षीय विशाल भट्टराईको चितवनस्थित भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । दुर्घटनामा घाइते भएका २० वर्षीय सफल पौडेल, २७ वर्षीया केशरी पुलामी मगर र १७ वर्षीया सुजिता पुलामी मगरको चितवनस्थित भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।