हेटौँडा : धादिङ जिल्लाको थाक्रे गाउँपालिका–१, एक्लेफाँटमा ३ वटा बोलेरो, ट्रिपर र आईचर गाडी एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बोलेरोमा सवार ललितपुर जिल्लाको बागमती गाउँपालिका–१, बस्ने ३४ वर्षीय थुलबाबु थिंङ रहेको बागमतती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो १२ बजेर ३० मिनेटको समयमा पृथ्वीलोकमार्ग अन्तरगत काठमाडौबाट पोखरातर्फ जाँदै गरेको प्र ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो, नम्बर नखुलेको ट्रिपर र यू पि ३२ टि एन ४१९८ नम्बरको ईण्डियन आईचर गाडी एक आपसमा ठोकिएको थियो । दुर्घटनामा बोलेरोमा सवार थुलबाबु गम्भिर घाइते भएका थिए । थुल बाबुको दिउँसो १ बजेर ५० मिनेटको समयमा काठमाडौँस्थित ट्रमा सेन्टर मृत्यु प्रहरीले जानकारी दिएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–८, का ३४ वर्षीय अरुण कार्की र ईण्डियन आईचर चालक भारतको उत्तर प्रदेश मोहमदपुर खलाका ४० वर्षीय कमलेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रिपर चालक फरार रहेको प्रहरीले जनाएको छ ।