हेटौँडा : हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा राधिका फाउन्डेसनले शिव महापुराण आयोजना गरेको छ । महापुराण सुरु भएको दोस्रो दिनमै करिव १० लाख रुपौयाँ सहयोग संकलन भएको महापुराण आयोजक समितिका संयोजक हयाग्रिव आचार्यले जानकारी दिनुभयो । मंगलबारदेखि सुरु भएको महापुराणको पहिलो दिन कलशयात्रा गरी महापुराणको सुरुवात गरिएको थियो । महापुराणको दोस्रो दिनबाट कथा वचन सुरुभएको हो । शिव महापुराणमा कथावचिका राधिका दासीले कथा वचन गरिरहनुभएको छ ।
महापुराणमा सहभागी भई व्यक्तिगत तहबाट बढी सहयोग प्राप्त भएको संयोजक आचार्यले बताउनुभयो । राधिका फाउण्डेसनले लामो समय अगाडिदेखि असहाय, निमुखा र विपन्नमा परेको बालबालिका र बृद्धाहरुलाई सहयोग गर्दै आइरहेको छ । संयोजक आर्चायका अनुसार दैनिक कथावचनसँगै झाँकी नाच तथा नाटक मञ्चन भइरहेको छ । बैशाख १२ गते सामूहिक ब्रतवन्ध हुनेछ भने महापुराणको अन्तिम दिन उपस्थित हुने ९० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरी विशाल महापुराण सम्पन्न गरिने बताइएको छ ।