अन्तरक्रियामा सहभागी मेकानिक्स ।

हेटौँडा : बहुराष्ट्रिय ब्राण्ड भिडोल र नेपाली ब्राण्ड नेपाल गोल्ड लुब्रिकेन्ट्सको प्रवद्र्धन गर्ने गरी युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिले हेटौँडामा शुक्रबार मेकानिक्ससँग अन्तरक्रिया गरेको छ । बेलायती कम्पनि भिडोलको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड लुब्रिकेन्ट इन्डस्ट्रीज प्रालिले गत असार महिनादेखि नेपालमै कच्चा तेल आयात गरेर नेपाल गोल्ड ब्राण्डको लुब्रिकेन्ट्स उत्पादन गरिरहेको छ ।

भिडोल र नेपाल गोल्डको हेटौँडाका लागि आधिकारिक बिक्रेता हेटौँडा–१० स्थित वियन्सा सप्लायर्स र मकवानपुर मोटरबाइक रहेको छ । वियन्साले ४ चक्के र सोभन्दा ठूला सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्ट्सको बिक्री गर्ने गरेको छ भने मकवानपुर मोटरवाइकले २ पाङ्ग्रेका लागि आवश्यक लुब्रिकेन्ट्सको बिक्री गर्ने गरेको छ । भिडोल र नेपाल गोल्ड गरी दुई वटा ब्राण्ड हेटौँडामा मासिक करिब ८० हजार लिटर बिक्री हुने वियन्सा सप्लायर्सका प्रोप्राइटर विकास नेपालले जानकारी दिनुभयो ।

मोबिल, गेयर आयल, हाइड्रोलिक, ब्रेक आयल, कुलायन वाटर, ग्रीज, स्टेरिङ आयलको बिक्री वितरण राम्रो रहेको जानकारी दिनुहुन्दै पहिलो पटक मेकानिक्ससँग अन्तरक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । मकवानपुर मोटरबाइकका सञ्चालक मुन्ना गुप्ता बनियाँको अध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिज प्रालिका नायव महाप्रबन्धक दिनेश खनालले आफ्नो उद्योगको उत्पादन र गुणस्तरबारे जानकारी गराउनुभएको थियो ।