हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–१, गोठगाउँस्थित सुवास तामाङ घरमा आगलागी भएको छ । बुधबार दिउँसो १ बजेर ५० मिनेटको समयमा सुवासको घरमा अचानक आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
आगलागीबाट घरभित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट एक लाख बराबरको क्षती भएको छ । स्थानियको सहयोगमा आगो दिउँसो २ बजेर ४० मिनेटको समयमा पूर्ण रुपमा नियन्त्रणमा लिएको र आगोलागी हुनुको कारण नखुलेका प्रहरीले जनाएको छ ।