सांकेतिक तस्वीर ।

हेटौँडा : दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–१, गैरीमुदीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३६ वर्षीय भट्टे भन्ने मिलन तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बिहीबार बिहान ८ बजेर ४० मिनेटको समयमा मिलन नागीखोला खोल्सामा मृत अवस्थामा फेला परेका थिए । मिलन बुधबार बिहान घरबाट निस्केको र सम्पर्कमा नभएको परिवारले बताएको छ । घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।