
हेटौँडा : रोयल इन्फिल्ड ब्राण्डको नयाँ भर्सनका ‘रोयल इन्फिल्ड क्लासिक ३५०’ पाँच भेरिएन्टमा सार्वजनिक गरेको छ । पुरानो आकर्षण कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । बिहीबार मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी र जिल्ला ट्राफिक प्रहरी मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले हेटौँडास्थित रोयल इन्फिल्डको आधिकारिक विक्रेता ओम अटोमोवाइल्सको हेटौँडा–१० स्थित शोरुममा नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गर्नुभएको हो ।
कम्पनीका अनुसार यसको सुरुवाती भेरिएन्टको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । सुरुवाती भेरिएन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प, एलईडी पाइलट ल्याम्प पनि उपलब्ध गराउने छ । यस्तै, त्यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मूल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरिएन्टमा एबीएस उपलब्ध हुनेछ ।
‘न्यु क्लासिक ३५०’ सात आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरिएन्टका बाइक हेरिटेज, हेरिटेज प्रिमियम, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरिएन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन छन् । दशकौंदेखि रोयल इन्फिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकका रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ ।
इन्फिल्डको स्वर्णयुगदेखि हालसम्म पनि यसले आफ्नो सान्दर्भिकतालाई पुष्टि गर्दै आएको छ । नयाँ क्लासिक ३५० ले इन्फिल्डको विरासत थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडमाझ नवीन तरिकाले यसको विरासत अघि बढ्ने विश्वास कम्पनीले लिएको छ । क्लासिक ३५० सार्वजनिक गरेपछि ओम अटोमोवाइल्सका सञ्चालक दिविश जोशीले रोयल इन्फिल्ड पछिल्लो समय निक्कै रुचाइएको र नयाँ भेरियन्टलाई ग्राहकले रुचाउने विश्वास व्यक्त गर्नुभयो ।