हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३, चापेपिपलबोटमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा भित्री सडक खण्डमा रबिओपीबाट पाँचखालतर्फ आउँदै गरेको बा प्र ०१–००४ क १८४५ नम्बरको ट्रिपरले ठक्कर दिँदा बालिकाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
ट्रिपरको ठक्करबाट ४ वर्षीया आरिका परियार गम्भिर घाइते भएकी थिइन् । घाइते आरिकालाई पाँचखाल पोलिक्लिनिकमा सामान्य उपचारका पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा दिउँसो ४ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रिपर चालक सूर्य बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।