हेटौँडा : कान्तिलोकपथमा ट्रिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, सिमात खोलाको ओरालोमा मंगलबार बिहान ७ बजे ब्रेक फेल भई ट्रिपर दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
हेटौँडाबाट काठमाडौंतर्फ जाँँदै गरेको बा ३ क ३१७७ नम्बरको सिमेन्ट लोड भएको ट्रिपर ओरालोमा ब्रेक नलागेर सडकको बीच भागमा कोल्टे परेको थियो । ट्रिपर कोल्टे हुँदा सिमेन्टका बोरा खसेर लाग्दा काठमाडौबाट हेटौँडातर्फ आउँदै गरेको बा ९१ प ४२७९ नम्बरको मोटरसाइकल चालक घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–९ का २६ वर्षीय सागर खड्का, पछाडि सवार २७ वर्षीया सजिना कार्की, ट्रिपर चालक ललितपुरको बागमती गाउँपालिका–५ का २३ वर्षीय मनिष बोम्जन र सहचालक २४ वर्षीय सन्दिप स्याङ्तान घाइते भएका छन् । मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि हेटाँैडा अस्पताल ल्याएको र टिप्परका चालक र सहचालकको अवस्था सामान्य रहेकोले ठिंगन स्वास्थ्य चौकी लगिएको प्रहरीले जानकारी दिएको छ ।