सांकेतिक तस्वीर ।

हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, पुलचोकमा बिरामी अवस्थामा फेला परेका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान ६ बजेर ४० मिनेटको समयमा हाल नामथर नखुलेको अन्दाजी ६५ वर्षीय पुरुष बिरामी अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

पुरुषलाई उद्धार गरी उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा थियो । उपचारको क्रममा पुरुषको बिहान ७ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।