जिल्ला प्रशासन कार्यालय मकवानपुर ।

हेटौँडा : बिहीबार बिहानको चट्याङबाट मकवानपुर जिल्लामा कुनै किसिमको अप्रिय घटना नभएको स्थानीय प्रशासनले जनाएको छ । बिहीबार बिहान करिब ३ बजेको समयमा वर्षा हुनुअघि निक्कै ठूलो चट्याङ परेको थियो ।

लगातार ८ देखि १० पटक परेको चट्याङले धेरैको निन्द्रा भगाएको थियो भने अधिकांशमा ठूलो क्षतिको त्रास उब्जाएको थियो । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बिहीबार बिहानको चट्याङ र त्यसपछिको वर्षाका कारण प्रहरी, प्रशासनमा हालसम्म कुनै किसिमको क्षतिको विवरण नआएको जानकारी दिनुभयो ।