मकवानपुरगढी गाउँपालिकाको कार्यालय ।

हेटौँडा : मकवानपुरगढी गाउँपालिकाले आधारभुत तह (कक्षा–८) को नतिजा सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको नतिजामा गढी गाउँपालिका–४ स्थित ज्वालादेवी आधारभुत विद्यालयका विद्यार्थी शान्त थिङले उत्कृष्ट ३.७९ जिपीए प्राप्त गरेका गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो ।

यस वर्ष आधारभुत तहको परिक्षामा ३९२ जना सहभागी भएका थिए । ६ वटा विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको सहजकर्ता फुयालले जानकारी दिनुभयो । यस वर्ष रुपनारायण माविबाट २०, बालजागृति आविबाट १३, बुद्धधर्म आविबाट १२, जनक माविबाट २०, गीताधर्म आविबाट १३ र हेमकर्ण आविबाट ३६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

यस्तै वंशगोपाल माविबाट ८ जना, रानिशेरा माविबाट २, चण्डिका माविका ५, भानु माविका ६, ज्वालादेवी आविका २, मनकामना माविका ४, शारदा माविका १०, आधारभूत शिक्षा आविका ५, जाल्पादेवी माविका ३ र जनता माविका ९ जना विद्यार्थी गरी ५४ जना विद्यार्थीले ननग्रेड ल्याएका छन् । मकवानपुरगढी गाउँपालिकामा रहेको १६ वटा विद्यालयमा गत वर्ष ४७८ जना विद्यार्थी भर्ना भएका थिए भने ३९२ जना विद्यार्थी वार्षिक परीक्षामा सहभागी भएका थिए ।